Logo

३ लाख २५ हजार आवेदकले पाए ग्रीन लाइफ हाइड्रोपावरको शेयर

                     
Logo 2021-02-19 04:02     Desk

13

ग्रीन लाइफ हाइड्रोपावरकाे साधारण शेयर (आईपीओ) बाँडफाँट भएको छ । निष्कासन तथा बिक्री प्रबन्धक बीओके क्यापिटल लिमिटेडको कार्यालयमा शुक्रबार प्रथाद्वारा बाँडफाँट गरिएको हो ।

साे कम्पनीकाे आईपीओ ३ लाख २५ हजार १ सय ६५ जना आवेदकले १० कित्ताका दरले पाएका छन् । त्यस्तै, भाग्यमानी दुई जनाले ११/११ कित्ता हात पारेका छन् ।

आईपीओका लागि १३ लाख २२ हजार ९ सय ७१ आवेदकबाट २ करोड २६ लाख ९१ हजार ४ सय ९० कित्ताका लागि आवेदन परेको थियो । जसमध्ये ३ हजार ९ सय १२ जनाको आवेदन रद्द भएकाले १३ लाख १९ हजार ५९ जना योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको क्यापिटलले जनाएको छ ।

कम्पनीले २३ देखि २७ माघसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३४ करोड ९६ लाख ४० हजार रूपैयाँबराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण शेयर  (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको थियो ।

१ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि, ६९ हजार ९ सय २८ कित्ता कर्मचारीका लागि र बाँकी ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?