Logo

मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावको पक्षमा कांग्रेसले मतदान गर्छ : रामचन्द्र पौडेल

                     
Logo 2021-02-19 03:02     Desk

13

विराटनगर, ७ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेश- १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा कांग्रेसले मतदान गर्ने बताएका छन् ।

शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले प्रमुख प्रतिपक्ष दल भएका नाताले प्रदेश सरकारविरुद्ध पेस भएको अविश्वास प्रस्तावको पक्षमा कांग्रेसले मतदान गर्ने बताएका हुन् ।

‘प्रमुख प्रतिपक्ष दल भएका नाताले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्नुपर्छ भन्नेमा कांग्रेस स्पष्ट छ,’ उनले भने, ‘सभापतिले मात्र अब कांग्रेस थेग्न सक्नुहुन्न ।’

एक अर्को प्रसङ्गमा नेता पौडेलले सरकार नै ठूला भ्रष्टाचारमा संलग्न भइरहेको आरोप लगाए । सरकारले मन्त्रिपरिषदबाट नीतिगत निर्णय गर्दै ठूला भ्रष्टाचारलाई संस्थागत गर्ने गरेको उनले आरोप लगाए । नेता पौडेलले मन्त्रिपरिषदबाट हुने सबै निर्णय र नीतिगत भ्रष्टाचारका कुरा क्षम्य हुन नसक्ने पनि बताए ।

वर्तमान सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउँदै नेता पौडेलले वाइडबडी, ओम्नी, फास्ट ट्रयाकजस्ता परियोजनामा संलग्नता भएको बताए । फास्ट ट्रयाकमा अर्बौंको ठेक्का लगाउँ एउटै कम्पनी छनोट गरेर उसैको आर्थिक प्रस्ताव स्वीकृति गर्ने कुरा भ्रष्टाचारको नाङ्गो रूप भएको नेता पौडेलले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार संस्थागत गर्न र त्यसबाट उन्मुक्ति दिने उद्देश्यले भागवण्डामा विभिन्न आयोगमा नियुक्ति गरेको नेता पौडेलले आरोप लगाए ।

नेता पौडेलले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेर सरकारले गरेको गल्ती सच्याउने विश्वास कायम रहेको बताए । अदालत नागरिकको भरोसाको केन्द्र भएकोले आगामी दिनमा आइपर्ने विग्रह र द्वन्द्व रोक्न सक्षम हुने उनको भनाइ थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?