Logo

दुई रुपैयाँ इन्धनको मूल्य बढ्दा ९० रुपैयाँसम्म हवाई भाडा बढ्यो

                     
Logo 2021-02-19 03:02     Desk

13

इन्धनको मूल्य बढेपछि वायु सेवा सञ्चालक संघ (आयोन)ले हवाई भाडा बढाएको छ । हवाई इन्धनको मूल्यवृद्धि भएसँगै संघले भाडा वृद्धि गरेको हो ।

स्वचालित मूल्य प्रणालीको आधारमा भाडादर बढाइएको वायुसेवा संचालक संघका प्रवक्ता योगराज कँडेलले जानकारी दिए । 'स्वचालित मूल्य प्रणालीको आधारमा मूल्य बढाइएको हो,' उनले भने ।

विगतमा तीन रुपैयाँसम्म घट्दा वा बढाउँदा भाडा समायोजन नगरिने गरेकोमा नागरिक उड्यन प्राधिकरणको सहमतिअनुसार एक रुपैयाँ घट्दा वा बढ्दा पनि त्यसको प्रभावअनुसार भाडा समायोजन गर्न थालिएको कँडेलले बताए । अहिले बढाइएको भाडा पनि प्राधिकरणबाट स्वीकृत लिएको उनले बताए ।

नेपाल आयल निगमले मंगलबार रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल/मट्टीतले र हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको थयो । यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय १४, डिजेल ९७, मट्टीतेल ९७ र हवाई इनधन ६७ रुपैयाँ कायम भएको छ ।

आयोनले ९८ वटा रुटमा १५ रुपैयाँदेखि अधिकतम ९० रुपैयाँ सम्मको भाडा बढाएको छ । बढाइएको भाडादरअनुसार सबैभन्दा बढी काठमाडौं-माउण्टेन भाडादर दुई हजार तीन सय पुगेको छ । सबैभन्दा सस्तो भाडादर रामेछापा लुक्ला ५ सय ५ रुपैयाँ रहेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?