Logo

लोकतान्त्रिक प्रणालीभन्दा अर्काे उपयुक्त बाटो हुँदैन भन्ने सबैले महसुस गर्नुपर्दछ : प्रधानमन्त्री

                     
Logo 2021-02-19 12:02     Desk

13

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक प्रणालीभन्दा अर्काे उपयुक्त बाटो हुँदैन भन्ने कुरा सबैले महसुस गर्नुपर्ने बताएका छन् । शुक्रबार प्रजातन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले पनि अन्यथा बाटोबाट अगाडि बढ्न खोज्ने प्रवृत्ति मौजुद रहेको बताए ।

उनले भने, ‘लोकतन्त्रभन्दा, लोकतान्त्रिक प्रणालीभन्दा शान्तिपूर्ण राजनीतिको मूलधारभन्दा अर्काे उपयुक्त राजनीतिको बाटो हुन सक्दैन भन्ने कुरा हामीले महसुस गर्नुपर्दछ ।’

उनले शान्तिपूर्ण लोकतान्त्रिक प्रणालीप्रतिको आफ्नो विश्वास बढाउन पनि आग्रह गरे । प्रणालीगत हिसाबले पनि अनेक चरणमा संघर्ष गरेको उल्लेख गर्दै उनले त्यसमा उपलब्धी पनि हाँसिल हुँदै आएको बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्र निर्जीव नभई सजीव प्रणाली भएको पनि बताए ।

उनले लोकतन्त्र जनताका आकांक्षा र अभिमतबाट सञ्चालन हुन सकोस् तथा प्रणालीभित्रैबाट अस्थिरता खोज्ने प्रयासलाई निस्तेज पार्न र लोकतन्त्रलाई कूबाटोतर्फ लैजाने चेष्टा अगाडि जान नदिन मुलुक नयाँ निर्वाचनतर्फ अग्रसर भएको बताए ।


लोकप्रिय छुटाउनुभयो कि ?