Logo

नेप्से २५ अंकले बढ्दा ८ अर्बको कारोबार

                     
Logo 2021-02-18 10:02     Desk

13

बिहीबार शेयरबजार परिसूचक नेप्से २५ दशमलव २३ अंकले बढेर २६३६ दशमलव ६८ अंकमा बन्द भएको छ । हरियाली बनेको बजारमा २ सय ६ कम्पनीको १ करोड ९६ लाख ४६ हजार ५ सय ७८ कित्ता शेयर ८ अर्ब ७६ करोड २१ लाख ४६ हजार ७ सय ८५ रुपैयाँमा कारोबार भयो।

बजारमा हरियाली छाउँदा बैंकिङ समूह १ दशमलव २२ प्रतिशत, व्यापार २ दशमलव ४५, होटल शून्य दशमलव २३, विकास बैंक २ दशमलव ३३, हाइड्रोपावर शून्य दशमलव ९७, फाइनान्स शून्य दशमलव ४५, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ३५, अन्य २ दशमलव ६ र म्युचुयलफन्डको सूचक १ दशमलव १२ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा शून्य दशमलव ३८ प्रतिशत, माइक्रोफाइनान्स शून्य दशमलव ६२ प्रतिशत र जीवन बीमा शून्य दशमलब ५९ प्रतिशतले घटेको छ ।

कारोबारमा आएका कम्पनीमध्ये ८४ कम्पनीको शेयरमूल्य बढेको छ भने ७८ कम्पनीको शेयरमूल्य घटेको छ । १३ कम्पनीको शेयरमूल्य यथावत् नै छ ।

बढेको बजारमा नेपाल हाइड्रो डेभ्लपर्स लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्यो भने बाँकी ८ कम्पनी पनि सर्किट नजिक पुगे ।

योसँगै कर्णाली डेभलपमेन्ट बैंक, एभरेष्ट बैंक, बेष्ट फाइनान्स कम्पनी, सिभिल बैंक, नेपाल इन्फ्राइन्स्ट्रक्चर बैंक, समृद्धि फाइनान्स र ग्रिन डेभलपमेन्ट बैंकको ९ प्रतिशतभन्द बढीले शेयरमूल्य बढेर सर्किटनजिक पुगेका छन् । यता आरम्भ चौतारी लघुवित्त, अजोड इन्स्योरेन्स, अरुण काबेली पावरसहित ७८ कम्पनीको शेयरमूल्य घटेको छ ।

कारोबारका आधारमा भने एनआईसी एसिया बैंक अगाडि छ । बैंकको आज ५६ करोड १ लाख ८ हजार ३ सय ५७ रुपैयाँको कारोबार भयो । त्यस्तै, सर्वाधिक कारोबार हुनेमा निफ्रा पनि अगाडि आएको छ । ५० करोड ८२ लाख ६९ हजार ८ सय ३५ रुपैयाँको कारोबार भएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?