Logo

एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु

                     
Logo 2021-02-18 02:02     Desk

13

विराटनगर, ६ फागुन । मोरङ ग्रामथान २ बस्ने ४५ बर्षीया रम्वादेवी महतोको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको छ । बुधबार दिउसो सवाँ २ बजे बुढीगंगा २ स्थित राजमार्गमा ना ७ ख २६१५ नम्बरको ट्रकले प्र १–०२–००२ च ४६१३ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिदाँ एम्बुलेन्स अनियन्त्रित भई पैदल यात्री रम्वादेवीलाई ठक्कर दिदा उनि गम्भिर घाईते भएकी थिईन् ।

घाईते रम्वादेवीको विराट मेडिकल कलेज बुढिगंगामा उपचारको क्रममा आज बिहान पौने १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ट्रक, ट्रक चालक नबिन खवास र एम्बुलेन्स, एम्बुलेन्स चालक घनश्याम कुवर नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?