Logo

प्रतिनिधिसभा विघटन मुद्दा : एमिकसकाे राय आज पनि

                     
Logo 2021-02-18 10:02     Desk

13

मंगलबार बद्रीबहादुर कार्की, हिजाे बुधबार सतीशकृष्ण खरेल र विजयकान्त मैनालीले धारणा राखेका छन् । यस क्रममा एमिकस क्युरीकाे राय प्रतिनिधिसभा विघटनकाे पक्ष र विपक्षमा आएका छन् ।

मंगलबार बहस गरेका वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले इजलाससामु दाेहाेराे धारणा राखेका थिए । संसद् विघटन मुद्दामा संविधानका धारा केलाएर व्याख्या गर्नुपर्ने बताएका उनले संविधानमा नलेखिएका कुराले पनि महत्त्व राख्ने बताएका थिए ।

हिजाे बहस गरेका दुई वरिष्ठ अधिवक्ताबीच पनि याे  मुद्दामा मत बाझिएकाे छ । सतीशकृष्ण खरेलले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार नभएकाले पुनर्स्थापना हुनुपर्ने पक्षमा राय दिए भने विजयकान्त मैनालीले संविधानको धारा ७६ ले नै प्रधानमन्त्रीलाई विघटनको अधिकार दिएको तर्क गर्दै विघटनको पक्षमा धारणा राखे ।

आज पनि मैनालीले सुझाव राख्नेछन् । इजलास सकिनुअघि हिजाे प्रधानन्यायाधीश राणाले मैनालीलाई भनेका थिए, 'भाेलि अलिक राम्राेसँग ।'संवैधानिक इजलासले ४ माघयता निरन्तर सुनुवाइ गरिरहेकाे याे मुद्दामा एमिकस क्युरीबाट राय दिन वरिष्ठ अधिवक्ता पाँच जना छन् ।

एमिकस क्युरीलाई अदालतको सहयाेगी मानिन्छ । कुनै विशेष मुद्दामा विज्ञको राय लिन अदालतले आवश्यक ठानेमा एमिकस क्युरी बोलाउन सक्छ । एमिकस क्युरीले सम्बन्धित मुद्दाको पक्ष या विपक्षमा नलागी स्वतन्त्र र निस्पक्ष ढंगले आफ्नो राय दिन्छ भन्ने विश्वास गरिन्छ । मुद्दाका पक्ष या विपक्षले आफ्नो पक्षको तर्फबाट बहस गर्छन् । तर, एमिकस क्युरीले भने स्वतन्त्रतापूर्वक आफ्नो राय राख्छ ।


लोकप्रिय छुटाउनुभयो कि ?