Logo

भारत पश्चिम बंगालका श्रममन्त्री जाकिर हुसैनमाथि बम आक्रमण

                     
Logo 2021-02-18 10:02     Desk

13

एजे्रन्सी, ६ फागुन-भारत पश्चिम बंगालका श्रममन्त्री जाकिर हुसैनमाथि बम आक्रमण भएकाे छ । मुर्शिदाबाद जिल्लाकाे निमटीटा स्टेसनबाट कोलकाताका लागि ट्रेन चढ्न जाँदै गरेका मन्त्री हुसैनमाथि अज्ञात व्यक्तिले क्रूड बम प्रहार गरेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आक्रमण हुसैनसहित उनका सहयाेगीहरू घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि जाँगीपुर सब-डिभिजनल अस्पताल लगिएकाे थियाे । पछि उक्त अस्पतालले घाइतेहरूलाई मुर्शिदाबाद मेडिकल कलेज रेफर गरिदिएकाे छ ।

केन्द्रीय मन्त्री पीयूष गोयलले ट्वीट गर्दै आक्रमणकाे निन्दा गरेका छन् । पश्चिम बंगालका राज्यपाल जगदीप धनखडले पनि ट्विटरमार्फत आक्रमणकाे भर्त्सना गरेका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?