Logo

हिंसा नियन्त्रणमा सरकार संवेदनशील छ : गृहमन्त्री थापा

                     
Logo 2021-02-17 10:02     Desk

13

गृहमन्त्री रामबहादुर थापाले सबै प्रकारका महिला हिंसाका घटना नियन्त्रण गर्न सरकार संवेदनशील रहेको बताएका छन् । 'त्यस्ता जघन्य घटनामा संलग्नलाई कारवाहीको दायरामा ल्याउन मन्त्रालय प्रतिबद्ध छ', उहाँले सामाजिक सञ्जालमार्फत भने, 'बैतडीकी भागरथी भट्टको हत्यामा संलग्न अभियुक्त कानूनी कारवाहीको दायरामा आइसकेको छ ।' मन्त्री थापाले संवेदनशील रहेको यस घटनाको सफल अनुसन्धान गर्दै अभियुक्त पक्राउ गर्न सफल नेपाल प्रहरीसहितको समूहलाई धन्यवाद पनि दिए ।

यसअघि गृहमन्त्री थापाले मंगलबार मात्रै उक्त घटनाको दोषी नजिक प्रहरी पुगिसकेको सार्वजनिक गरेका थियो । बैतडीकी भागरथी भट्टको बलात्कार तथा हत्या गरेको आरोपमा पक्राउ परेका १६ वर्षका किशोरलाई पाँच दिन म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?