Logo

जिप दुर्घटना हुँदा तीनको मृत्यु, छ जना घाइते

                     
Logo 2021-02-17 09:02     Desk

13

गुल्मीको सदरमुकाम तम्घासबाट पराल्मी रातामाटा जाँदै गरेको जिप दुर्घटना भएको छ । लु१ज १९८८ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने छ जनाको घाइते भएका छन् ।

दुर्घटनामा ४८ वर्षीय एकराज पोखरेल, २७ वर्षीया गोमा नेपाली र २८ वर्षीया शान्ति नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए । दुर्घटनामा पोखरेलको घटनास्थलमै र दुई जनाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्य घाइते पाँच जनाको गुल्मी अस्पतालमा उपचार भइरहेको छ भने एक जनालाई थप उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?