Logo

डोजर लाएर हटाउन थालियो खुलामञ्चभित्र बनाइएका संरचना

                     
Logo 2021-02-17 11:02     Desk

13

काठमाडौँ महानगरपालिकाले खुलामञ्चभित्र बनाइएका संरचना हटाउन थालेको छ । खुलामञ्चमा वीर अस्पताल र दरबार हाइस्कुलको भवन पुनर्निर्माण गर्न निर्माण सामग्रीहरु र त्यहाँ काम गर्ने केही कामदारहरु अस्थायी रुपमा बस्दै आएका थिए ।

दुवै भवन निर्माण सम्पन्न भए पनि निर्माणकर्ताले निर्माण सामग्री र कामदार हटाएको थिएन । काठमाडौं महानगरले खुलामञ्चभित्र भएको अतिक्रमण रोक्न नसकेको आरोप खेप्दै आएको थियो ।

बुधबार बिहान महानगरले डोजर लगाएर त्यसभित्र रहेका घर टहराका साथै सबै संरचना भत्काउन थालेको छ । भत्काउने टोलीको संयोजन गरिरहेका काठमाडौं महानगरका नगर प्रहरी नायब उपरीक्षक दिनेश अर्यालले ३ दिनभित्र खुलामञ्च खाली गरिने बताए । खुलामञ्चभित्र अहिले वीर अस्पताल बनाइरहेको चिनिया निर्माण कम्पनीको साइट कार्यालय र बसपार्क छ ।


लोकप्रिय छुटाउनुभयो कि ?