Logo

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड–माधव समूहको चौथो चरणको आन्दोलन आजदेखि

                     
Logo 2021-02-17 11:02     Desk

13

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभाको विघटन गरेको विरोधमा नेकपा प्रचण्ड–माधव समूहले आजदेखि चौथो चरणको आन्दोलन घोषणा गरेको छ ।

चौथो चरणको आन्दोलनअन्तर्गत आजदेखि १२ फागुनसम्म सम्बन्धित प्रदेश कमिटीको आयोजनामा जिल्लाहरुमा जिल्ला स्तरीय विरोध प्रदर्शन हुने सो समूहले जनाएको छ ।

त्यस्तै भोलि प्रतिगमन, महंगी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लो विरोध कार्यक्रम गर्ने जनाइएको छ । ओलीको कदमको विरोधमा फागुन ७ गते सबै पालिकाका वडाहरुमा वडास्तरीय विरोध कार्यक्रम गर्ने जनाइएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?