Logo

समृद्धि फाइनान्सको ५० प्रतिशत हकप्रद आउने भयो पक्का

                     
Logo 2021-02-17 10:02     Desk

13

फागुन ४, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र बि.ओ.के. क्यापिटल मार्केट लिमिटेड बीच ५० प्रतिशत हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्ध गर्नेबारे द्विपक्षीय सम्झौता भएको छ । कम्पनीको हालै सम्पन्न साधारण सभाले २ ः १ का दरले हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो ।

कम्पनीले प्रतिशेयर १०० रुपियाँ दरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर जारी गर्नेछ । त्यसका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त भइसकेको जनाइएको छ । कम्पनीले २ ः १ रेसियोको आधारमा हकप्रद शेयरको लागि सेबोन –क्भ्द्यइल्) मा छिट्टै एप्लाई गरिने श्रोतले जनाएको छ । त्यसैगरी अर्को हप्तासम्म सेबोनको वेभसाइटमा पनि यसको हकप्रदको सुची आउन सक्ने दावी गरिएको छ । रेटिङको काम यसै हफ्ता सकिने श्रोतले जनाएको छ ।

सो सम्बन्धी कार्य गर्नका लागि कम्पनीले निष्कासन तथा विक्री प्रबन्धकमा बि.ओ.के. क्यापिटललाई नियुक्त गरेको हो । हाल कम्पनीले आईपीएस, कनेक्ट आईपीएस, रेमिटान्स, एसएमएस अलर्ट, क्लियरिङ्ग लगायतका सुविधाहरु काठमाडौ, हेटौंडा, बुटवल, चितवन र पोखरा शाखाहरु मार्फत गर्दै आएको छ । निकट भविष्यमा थपशाखा सञ्जाल विस्तार गर्ने योजना पनि रहेको कम्पनीले बताएको छ । उक्त कम्पनीले हायर पर्चेज, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यावसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गर्दै आएको बताएको छ ।

समृद्धि फाइनान्स कम्पनि लिमिटेडको मुख्य कार्यालय मकवानपुरको हेटौँडामा रहेको छ । समृद्धि फाइनान्सको आज कारोबार गर्ने मुल्य रु १७९ खुलेको छ भने १२० दिनको औषत रु १४१.२१ रहेको छ । सो कम्पनीको पिइ १९.४६ रहेको छ भने इपीएस ८.२७ रहेको जनाइएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?