Logo

ओली सरकारको पतन धेरै टाढा छैन : गगन थापा

                     
Logo 2021-02-17 09:02     Desk

13

नेपाली कांग्रेसका नेता गगन थापाले केपी ओली नेतृत्वको सरकारको पतन धेरै टाढा नरहेको उल्लेख गरेका छन् । बैतडीमा नेपाली कांग्रेसको सभालाई लक्षित गरी भएको आक्रमणका सम्बन्धमा ट्विटरमार्फत् प्रतिक्रिया दिँदै थापाले यस्तो टिप्पणी गरेका हुन् ।

उनले हिंसा कायरहरुको हतियार भएको पनि बताएका छन् । ‘बैतडीमा नेपाली कांग्रेसको सभालाई लक्षित गरेर ओली पक्षका कार्यकर्ताले गरेको आक्रमण निन्दनीय छ,’ थापाले लेखेका छन्, ‘हिंसा कायरहरुको हतियार हो ।’ उनले निषेध र आक्रमणको यो शैली सत्ता र शक्तिको उन्माद तथा ओलीको हतास मनस्थितिको उपज भएको पनि उल्लेख गरेका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?