Logo

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

                     
Logo 2021-02-16 05:02     Desk

13

विराटनगर, ४ फागुन । झापा भद्रपुर नगरपालिका–७ का ५८ बर्षीय साहेबा उराउ आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । हिजो दिउसो साढे ३ बजे उराउ र उनकी श्रीमती ६० बर्षीया फिल्सिता उराउ विच झैझगडा हुदा उराउले फिल्सितालाई टाँउकोमा ढुङ्गाले प्रहार गरी घाईते बनाएकोमा उनको आज विहानको राती २ बजे मृत्यु भएको भनि आफन्तले वडा प्रहरी कार्यालय भद्रपुरमा जानकारी गराएको थिए । घटनाको जानकारी पाउन साथ प्रहरी टोली खटि गई साहेबा उराउलाई नियन्त्रणमा लिईएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?