Logo

जसपाका नेता साह नेकपा ओली समूहमा प्रवेश

                     
Logo 2021-02-16 02:02     Desk

13

जनता समाजवादी पार्टी (जसपा), नेपालका केन्द्रीय सदस्य किरण साह नेकपाको ओली समूहमा प्रवेश गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले जसपाका केन्द्रीय सदस्य साहलाई नेकपामा प्रवेश गराएका हुन् ।

रौतहटका साह २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर २ बाट लडेका थिए । तर, उनी नेपाली कांग्रेसका अफताब आलमसँग पराजित भएका थिए ।

साहसँगै धनुषाका कांग्रेस नेता एवं ठाकुर वृहत्तर जनकपुर विकास समितिका कार्यकारी निर्देशक बलराम ठाकुर पनि नेकपा ओली समूहमा प्रवेश गरेका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?