Logo

महेन्द्रनगर विमानस्थल सञ्चालन गर्न तीनै तहका सरकारबीच सम्झौता

                     
Logo 2021-02-15 10:02     Desk

13

महेन्द्रनगर विमानस्थल सञ्चालनका लागि तीनै तहका सरकारबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । महेन्द्रनगर विमानस्थल सञ्चालनका लागि सोमबार सुदूरपश्चिम प्रदेश सरकार, नेपाल नागरिक उड्ययन प्राधिकरण, भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाबीच हस्ताक्षर भएको हो । संस्कृति, पर्यटन तथा उडड्यन मन्त्रालयमा भएको सम्झौतामा विमानस्थल निर्माणका लागि आवश्यक पूर्वाधार निर्माण गरी उक्त विमानस्थललाई आधुनिकस्तरको सुविधा सम्पन्न विमानस्थल बनाउने उल्लेख गरिएको छ ।

विमानस्थलको सुदृढीकरण, स्तरोन्नति र जग्गा अधिग्रहण गर्नका लागि संघ सरकारले ५० प्रतिशत रकम आर्थिक साझेदारीका रूपमा उपलब्ध गराउने जनाइएको छ । सम्झौता कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालले विमानस्थल चलाउनको निम्ति सबै एकै ठाउँमा आइपुगेका कारण सम्झौता गर्ने परिस्थिति बनेको बताए ।

सम्झौता पत्रका अनुसार भीमदत्त नगरपालिकामा रहेको महेन्द्रनगर विमानस्थलको धावनमार्गको लम्बाई कम्तिमा १६ सय मिटरसम्म बस्तार गरिने भएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?