Logo

कर्णाली सरकारको तेस्रो वार्षिकोत्सव : ओली समूह र कांग्रेसका सांसदलाई खबरै गरिएन

                     
Logo 2021-02-15 03:02     Desk

13

कर्णाली प्रदेशको तेस्रो वार्षिकोत्सवमा नेकपा केपी ओली समूह र कांग्रेसका सांसदलाई खबर नगरेको पाइएको छ । प्रदेश सरकार विपक्षी दल र ओली पक्षलाई खबर नै नगरी वार्षिकोत्सव मनाएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको प्राङ्गणमा सोमबार बिहान ११ बजेदेखि भएको कार्यक्रममा ओली पक्ष र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई खबर नै नगरिएको हो ।

आफूहरूलाई कुनै जानकारी नगराइएकाले वार्षिकोत्सव कार्यक्रममा उपस्थित नभएको विपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले बताए । ‘म अहिले गृह जिल्लामा छु । एक दुई दिनअघि खबर भएको भए कार्यक्रममा उपस्थित हुन्थेँ’ उनले भने, ‘खबर नभएका कारणले अन्य साथीहरू पनि जिल्लामा नै हुनुहोला ।’

त्यस्तै, ओली पक्षका सांसदलाई वार्षिकोत्सवका विषयमा जानकारी नदिएको ओली पक्षका सांसद गुलावजंग शाहले बताए । ‘मलाई कुनै खबर भएको छैन्,’ उनले भने, ‘खबर नभएकाले म कार्यक्रममा गइनँ ।’


लोकप्रिय छुटाउनुभयो कि ?