Logo

भ्रष्टाचार गर्ने जतिसुकै उच्च ओहोदावाला भएपनि छोडिन्नँ : प्रधानमन्त्री ओली

                     
Logo 2021-02-15 02:02     Desk

13

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्ने जतिसुकै उच्च ओहोदाको भएपनि कारबाही गरेरै छाडिने बताएका छन् । सरकार गठन भएको तीन वर्ष पुगेको अवसरमा सोमबार सिंहदरबारबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्ने जतिसुकै उच्च ओहोदावाला वा कथित पहुँचवाला भएपनि कारबाही गरेरै छाड्ने बताएका हुन् ।

‘दुराचार र दुराचारी, भ्रष्ट र भ्रष्टाचारीका सन्दर्भमा मुखमा पानी हालेर बोल्ने मेरो वाणी छैन,’ उनले भने, ‘जो जतिसुकै उच्च ओहोदावाला होस् वा कथित पहुँचवाला तिनीहरूको मुख हेरेर सजाय तोकिन्न । कारबाही गर्ने/नगर्ने फैसला लिइन्नँ । ’ भ्रष्टाचार र राजस्व चुहावटलाई नियन्त्रणमा राख्न सरकार तीन वर्षमा सफल भएको पनि प्रधानमन्त्री ओलीको दाबी छ ।


लोकप्रिय छुटाउनुभयो कि ?