Logo

ओलीले घोषणा गरेको चुनाव हुँदैन, प्रष्ट हुनुस् : प्रचण्ड

                     
Logo 2021-02-15 02:02     Desk

13

नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको चुनाव हुन नसक्ने बताएका छन् ।

सोमबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले भने, ‘प्रधानमन्त्री ओलीले घोषणा गरेको चुनाव हुँदैन, प्रष्ट भए हुन्छ । संसद्‍ विघटनको कदम चुनाव गराउनका लागि चालिएको होइन ।’

उनले प्रतिनिधिसभा विघटनको कदम राष्ट्र, जनता र लोकतन्त्रको हितमा नरहेको बताए । लामो बलिदान र संघर्षबाट प्राप्त उपलब्धि अहिले धरापमा परेको बताउँदै प्रचण्डले संविधान र लोकतन्त्रको रक्षाका लागि आफूहरू आन्दोलित बनेको बताए ।


लोकप्रिय छुटाउनुभयो कि ?