Logo

अभियन्ता सुबेदीले बृदा बुवा आमासँग मनाए प्रेम दिवस

                     
Logo 2021-02-15 12:02     Desk

13

विराटनगर, ३ फागुन । करिब ५ बर्ष देखि सामाजिक अभियन्ता पेरिस सुबेदिले आफन्तको नाममा कोहि पनि नभएका र अफ्ठ्यारोमा परेका ब्यक्ति लाई सहयोग गरेर प्रेम दिवस मनाउदै आएका छन ।

सुरुमा महिला जागृति आश्रमका आमाहरु संघ त्यसपछी विभिन्न समस्या मा परेका ब्यक्तिहरु लाई सहयोग गरेर प्रेम दिवस मनाउदै आएको र अहिले भने बिराटेश्वर आश्रमका ६० जाना बुवा आमा लाई मिठाइँ खुवाइ र आश्रमको सबै भन्दा बृद १०० बर्षको बुवा लाई एउटा हिटर दिएर प्रेम दिवस मनाएको सामाजिक अभियानता सुवेदीले जानकारी दिए । प्रेम दिवसको नाममा गरिने फजुल खर्चलाई यसरी सदुपयोग गर्दा साच्चै प्रेम दिवसको महत्व अझ बढेर जाने उनले बताए ।


लोकप्रिय छुटाउनुभयो कि ?