Logo

नेफ्राको शेयरमा सर्किट, ३४ रुपैयाँले बढ्यो मूल्य

                     
Logo 2021-02-14 02:02     Desk

13

काठमाडौं, २ फागुन । आजबाट धितोपत्रको दोस्रो बजारमा किनबेच खुला भएको नेपाल इन्फ्राइन्स्ट्रक्चर बैंक (नेफ्रा) को कारोबारको पहिलो दिन नै सकारात्मक सर्किट लागेको छ । कारोबार सुरु भएको केही समयमा नै शेयरमूल्य १० प्रतिशत अर्थात् ३४ रुपैयाँले बढेर सकारात्मक सर्किट लागेको हो ।

यो समाचार तयार पार्दासम्म निफ्राको शेयर ५२ हजार ४ सय ३ कित्ता शेयर खरिदबिक्री भइसकेको छ । कारोबारको पहिलो दिन ३ सय ४० रुपैयाँ प्रतिकित्ता मूल्य तोकिएको थियो । कारोबार खुल्ला गरेसँगै निफ्राको शेयर किन्ने लगानीकर्ताको चाप पनि देखिएको छ । बैंकको २० करोड कित्ता नेप्सेमा सूचीकृत भइसकेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?