Logo

दोस्रो बजारमा निफ्राको इन्ट्री, सेयर मूल्य प्रतिकित्ता ३ सय ४० रुपैयाँ

                     
Logo 2021-02-14 02:02     Desk

13

काठमाडौं, २ फागुन । नेपालको इतिहासमा नै सबैभन्दा ठूलो आईपीओ निष्कासन गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले आजबाट दोस्रो बजारमा प्रवेश पाएको छ । धितोपत्र बोर्डबाट अनुमति पाएसँगै निफ्राले आजबाट दोस्रो बजारमा कारोबार गर्न पाउने छ ।

आइतबारबाट दोस्रो बजारमा किनबेच सुरु भएको निफ्राको सेयर मूल्य भने ३ सय ४० रुपैयाँ तोकिएको छ । स्पेसल प्री-ओपन सेसनमा प्रतिकित्ता ३४० रुपैयाँमा कारोबार भएको छ ।

निफ्राले गत माघ २ गतेबाट ८ करोड कित्ता आईपीओ निष्कासन गरेको थियो । कुल कित्तामध्ये शून्य दशमलव २ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४० लाख कित्ता म्युचुअल फण्डहरुका लागि आरक्षण छुट्याइएको थियो । सर्वसाधारणका लागि भने ७ करोड ५८ लाख ४० हजार कित्ता छुट्याइएको थियो।

निफ्राले धितोपत्र कारोबारसम्बन्धी सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने तथा अन्य रजिष्ट्रारसम्बन्धी कार्य गर्न ग्लोबल आईएमई क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?