Logo

सरकारी कर्मचारी तथा स्थानीय जनप्रतिनिधिलाई कोरोनाविरुद्धको खोप आजदेखि लगाइँदै

                     
Logo 2021-02-14 11:02     Desk

13

सरकारले आजदेखि सरकारी कर्मचारी, स्थानीय जनप्रतिनिधि, सीमा सुरक्षा पोष्टमा खटिएका सुरक्षाकर्मी, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिला छुट भएका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स तथा शववाहन चालक तथा शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई पनि कोरोना विरुद्धको खोप लगाइने जानकारी दिएको छ ।

मन्त्रालयले फागुन ८ सम्म तोकिएको स्वास्थ्य संस्था तथा खोप केन्द्रमा गइ खोप लगाउन पनि भनेको छ । खोप लगाउन जाँदा आ–आफ्नो परिचयपत्र साथैमा लिएर जान पनि मन्त्रालयले आग्रह गरेको छ ।

‘२०७७ फागुन २ देखि ८ गतेसम्म जिल्लास्थित सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारीहरु, पत्रकारहरु, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरु, सीमा सुरक्षा पोष्टमा खटिएका सुरक्षाकर्मीहरु र पहिला छुट भएका स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स तथा शववाहन चाहकहरु शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई कोभिड– १९ खोप लगाइने हुनाले,’ मन्त्रालयको विज्ञप्तिमा भनएिको छ, ‘तोकिएको स्वास्थ्य संस्था वा खोप केन्द्रमा गई खोप लगाउन हुन आह्वान गर्दछौं ।’


लोकप्रिय छुटाउनुभयो कि ?