Logo

लुम्बिनी केबलकार एक वर्षमा सञ्चालनमा आउने दाबी

                     
Logo 2021-02-13 06:02     Desk

13

आइएमई ग्रुपको मुख्य लगानी रहेको लुम्बिनी केबलकार आयोजनाको शिलान्यास गरिएको छ । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलको उत्तरी चुरेदेखी पाल्पाको वसन्तपुर डाँडा जोड्ने हिलस्टेसनसहितको केबलकार आयोजनाको शिलान्यास गरेका हुन् । ३ अर्ब ५२ करोड लागत अनुमान गरिएको यो आयोजना एक वर्षभित्र सञ्चालनमा ल्याउने  लक्ष्य राखिएको छ ।

केबलकार निर्माणको लागि यसअघि सरकारले रूपन्देही र पाल्पाअन्तर्गत पर्ने ६.७ हेक्टर वन क्षेत्र प्रयोगका लागि स्वीकृति दिइसकेको छ । केबलकार ३ किलोमिटर लम्बाइको हुने बताइएको छ । केबलकारको बुटवल–३, बमघाटमा तल्लो स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका–३, वसन्तपुरमा माथिल्लो अन्तिम स्टेसन रहने जनाइएको छ ।

वसन्तपुरमा मनोरञ्जन पार्क, पिकनिक स्पट पनि रहने छ । केबलकारमा १७ वटा डब्बा हुने आयोजकले जनाएको छ भने एक डिब्बामा ८ जना चढ्न सकिन्छ ।


लोकप्रिय छुटाउनुभयो कि ?