Logo

प्रधानमन्त्रीको विशेष अधिकारअनुसार संसद विघटन गरेको हुँ : ओली

                     
Logo 2021-02-13 06:02     Desk

13

बुटवल, १ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको विशेष अधिकारअनुसार संसद विघटन गरेको बताएका छन् । आफ्नो समूहले बुवटलमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीभित्रबाट काम गर्न नदिएकै कारण विघटन गरेकोब बताएका हुन् ।

'आफ्ना पार्टीभित्रबाट काम गर्न नदिएकै कारण मैले विघटन गरेको हुँ । प्रधानमन्त्रीको विशेषअधिकारअनुसार संसद विघटन गरेको हुँ,' उनले भने, 'देशलाई अस्थिरतातर्फ अदालतले फर्काउने छैन भन्ने मेरो विश्वास छ ।'

संसद पुनर्स्थापना भए बाँकी डेढ वर्षमा लोकतन्त्रको हिकक्मत लिने काम हुने उनको भनाइ छ । उनले राम्रा काम गरेको भए पनि केही समूह सरकारलाई बदनाम बनाउन लागेको बताए ।


लोकप्रिय छुटाउनुभयो कि ?