Logo

भागरथीका हत्यारालाई पानीमूनि गए पनि पक्राउ गर्छौं : प्रधानमन्त्री ओली

                     
Logo 2021-02-13 05:02     Desk

13

प्रधानमन्त्री केपी शर्मा ओलीले भागरथी भट्टका हत्यारालाई पानी मुनि गए पनि पक्राउ गर्ने बताएका छन् । बुटवलमा आफ्नो समूहले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले केही समयभित्र हत्यारालाई पत्ता लगाउने बताएका हुन् ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरिएको थियो । २१ माघमा विद्यालय गएकी भागरथी साँझसम्म पनि घर नफर्केपछि खोजतलास गर्दै जाँदा २२ माघमा घरनजिकैको लबलेक जंगलमा बीभत्स अवस्थामा फेला परेकी थिइन् ।

प्रधानमन्त्री ओलीले बुटवलको सम्बोधनमा भागरथीका साथै निर्मला पन्तका हत्यारालाई पनि कठगरामा उभ्याउने दाबी गरे । 'भागरथीका हत्यारालाई पानीमूनि गए पनि पक्राउ गर्छौं र निर्मलाका हत्यारालाई कठकरामा उभ्याउने छौँ,' उनले भने, २४ जनालाई जिउँदै जलाउनेहरू अपराधीहरू १२ वर्षमा पनि पक्राउ परेका छन् ।'


लोकप्रिय छुटाउनुभयो कि ?