Logo

गजुरमुखि जेभिको चरम लापरबाहीले हुलाकी राजमार्गमा दुर्घटनाको जोखिम बढ्यो

                     
Logo 2021-02-13 03:02     Desk

13

रबिन्द्र बराल/रंगेली, १ फागुन । मोरङ र झापा जोडने सडकको निर्माणकार्य सन्चालन भए संगै ठुला कन्ट्रक्सन ले सडक फराकिलो पार्नका लागि साविक सडक लाई दाँयाबाँया मा उक्त कम्पनी ले पुरानो माटो लाई हटाएर नयाँ माटो हाल्नका लागि उक्त ठाउँमा अहिले तीन फिट गहिरोे बनाएर छाडेको छ ।

एक महिना दिन बितिसक्दा समेत उक्त ठाउँहरुमा समयमै नयाँ माटो नहाल्दा घुमौरो तथा साघुरो भएको सो सडकमा दुर्घटना निम्तियाउने सम्भावना बडदै जाँदा समेत ठेक्क्दार कम्पनी हरुले कुनै चासो नदेखिएको स्थानीयले बताए ।

अहिले गजुरमुखिले हुलाकी सडक को बनाउने क्रममा सुनवर्षी नगरपालिका, धनपालथान गाउँ पालिका र रतुवामाई नगरपालि भित्रको सडक निर्माणकार्य गरिरहे पनि सो कम्पनीको लापरबाहीका कारण दुर्घटना उच्च जोखिम बनाएर छाडेको छ ।

एक महिना अगाडि समेत सुनवर्षीको भेडुवाथान नजिकै बिराटनगर को स्कुल बस सडक को दायाँबायाँ बनाएको खाल्डोमा पल्टिँदा १२ जना बिधार्थि समेत घाइते भएका थिए । यसरी दुर्घटना निम्त्याउने सम्धित ठेक्केदार कम्पनी लाई समयमै कार्वाही गर्नुपर्ने र सो ठाउँमा ठुलो दुर्घटना हुन सक्ने देखिएकाले सम्धित निकायले समयमै ध्यान दिन जरुरी रहेको स्थानीय बताउँछन् ।


लोकप्रिय छुटाउनुभयो कि ?