Logo

ओलीको टाउकोमा हिर्काउन खोज्दा प्रचण्ड सडकमा पछारिए : शंकर पोखरेल

                     
Logo 2021-02-13 03:02     Desk

13

नेकपाको ओली समूहका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरलेले प्रचण्ड-माधव नेपाल समूह जनताबाट डराएर चुनावबाट भाग्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आरोपी गर्न खोजेको बताएका छन् । नेकपाको ओली समूहले बुटवल आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

जनयुद्धताका प्रचण्डले ढाडमा टेकेर टाउकोमा प्रहार गर्ने भनाइ सम्मरण गर्दै मुख्यमन्त्री पोखरेलले पार्टी एकतापछि माधव नेपालको ढाडमा टेकर केपी ओलीको टाउकोमा हिर्काउनु खोज्नुको तर अहिले सडकमा पछारिएको बताए ।

'जनयुद्धको समयमा प्रचण्डको एउटा भनाइ थियो ढाडमा टेकेर टाउकोमा हान्ने । पटक पटक उहाँले कसकसको टाउकोमा हिर्काउनुभयो कसकसको ढाडमा टेक्नुभयो त्यो इतिहासका कुरा भए तर पार्टी एकतापछि माधव नेपालको ढाडमा टेकर केपी ओलीको टाउकोमा हिर्काउनु खोज्नु भएको थियो अहिले सडकमा पछारिनु भएको छ । भन्दै हुनुहुन्छ हामी त यहाँ छु । बिलौना गर्दै हुनुहुन्छ' उनले भने ।

प्रचण्डले एमालेभित्रको विभाजनबाट लाभ लिनखोज्ने प्रचण्ड अब जनताको जनमतको भीक माग्नुपर्ने अवस्थामा पुगेको पनि बताए । उनले प्रचण्डको साथ जनयुद्धका कमाण्डरले समेत साथ छोडेको बताए ।


लोकप्रिय छुटाउनुभयो कि ?