Logo

केही अवसरवादीले व्यक्तिगत स्वार्थमा काम गर्दा लडाकुको सम्मान भएन : टोपबहादुर रायमाझी

                     
Logo 2021-02-13 02:02     Desk

13

नेकपा ओली समूहका नेता तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले केही अवसरवादीले व्यक्तिगत स्वार्थमा काम गर्दा पूर्व लडाकुको सम्मान नभएको बताए ।

पूर्वजनमुक्ति सेना नेपालको राष्ट्रिय भेलालाई शनिबार बुटवलमा सम्बोधन गर्दै मन्त्री रायमाझीले इतिहासमा त्याग गर्ने र बलिदान दिनेको खोजी नभएको बताए ।

रायमाझीले प्रचण्ड–माधव समूहलाई लक्षित गर्दै पद र प्रतिष्ठाका लागि ‘केही साथी’ सडकमा गएको उल्लेख गरे । विकास र समृद्धिको एजेन्डा छाडेर सडकमा गएकाहरुसँग केही एजेन्डा नभएको उनको भनाइ थियो । रायमाझीले मांसहारी आन्दोलन जस्ता उट्पट्याङको पछि नलाग्न आग्रह गरे ।


लोकप्रिय छुटाउनुभयो कि ?