Logo

मुलुकलाई निरंकुशतातर्फ धकेल्न संसद भंग गरिएको पुष्टि भयो : रामचन्द्र पौडेल

                     
Logo 2021-02-13 11:02     Desk

13

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले मुलुकलाई निरकुंशतातर्फ लैजानका लागि प्रतिनिधिसभा विघटन गरेको बताएका छन् । पौडेलले एकपछि अर्को गर्दै यो कुराको पुष्टि हुँदै गएको बताएका हुन् ।

एक भिडियो सन्देशमार्फत् पौडेलले सरकारका पछिल्ला काम कारबाहीले मुलुकलाई निरकुंशतातर्फ धकेल्ने निहीत उद्देश्यका साथ संसद भंग भएको पुष्टि हुँदै गएको दाबी गरे ।

उनले सरकार एकपछि अर्को गर्दै निरकुंशतातर्फ पाइला चाल्दै गएको पनि बताए । प्रधानमन्त्री केपी ओलीले मुलुकलाई निरंकुशताको बाटोमा धकेल्न संसद भंग गर्नु सामान्य विषय नभएको पौडेलको भनाइ थियो ।

उनले मुलुकलाई जोगाउन, संविधान, लोकतन्त्र र समावेशीतालाई रक्षा गर्न लोकतन्त्रवादीहरुले ससक्त ढंगले प्रस्तुत हुनुपर्ने बेला आएको बताएका छन् ।

भिडियो अपिलमा पौडेलले फागुन ३ गते ७७ वटै जिल्लामा नेपाली कांग्रेसले आयोजना गर्ने विरोधसभामा सहभागी हुन लोकतन्त्रवादी तथा नागरिकलाई आह्वान गरेका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?