Logo

जसपालाई गम्भिर धक्का, स्थायी समिति सदस्य नै ओलीको पार्टीमा प्रवेश

                     
Logo 2021-02-12 04:02     Desk

13

काठमाडौं, माघ ३०-निर्वाचनको मुखैमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपामा विभिन्न दलका शक्तिशाली नेता आउने क्रम जारी छ । जनता समाजवादी पार्टीका स्थायी समिति सदस्य एवं मुस्लिम विभागका इन्चार्ज एवं संविधानसभा सदस्य इस्लाम हवारी नेकपामा प्रवेश गर्नुभएको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान आयोजित विशेष कार्यक्रममा हवारीलाई नेकपामा स्वागत गर्नुभयो । स्वागतका क्रममा प्रधानमन्त्री ओलीले हवारीलाई उत्कृष्ट ढंगले पार्टी काम गर्न शुभकामनासमेत दिनु भएको छ । वीरगञ्ज निवासी हवारीसँगै जसपाका विभिन्न तहका नेता कार्यकर्ताहरु पनि पार्टी प्रवेशका क्रममा रहेको जानकारी कार्यक्रममा दिइएको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?