Logo

झापामा नियन्त्रीत लागुऔषध ब्राउनसुगर र गाँजा सहित ३ जना पक्राउ

                     
Logo 2021-02-12 10:02     Desk

13

विराटनगर, ३० माघ । झापाको अर्जुनधारा नगरपालिका–११ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र गाँजा सहित ३ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले स्थानीय ४५ बर्षीय रबिन तामाङ र २८ बर्षीय दिल कुमार राई तथा भद्रपुर–५ का ३८ बर्षीय हिलिहाङ तुम्बाम्फोलाई बिहिवार राती साँढे ७ बजे लागुऔषध सहित पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनाको साथबाट प्रहरीले ४८० मिलिग्राम लागुऔषध ब्राउनसुगर, ट्रमाडोल क्याप्सुल ५९ ट्याब्लेट र २०० ग्राम गाँजा बरामद गरेको छ । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?