Logo

लिखित बयान दिएपछि रामकुमारी रिहा

                     
Logo 2021-02-11 08:02     Desk

13

काठमाडौं, माघ २९-दिनभरीको ‘हाइ ड्रामा’ पछाडी लिखित बयान दिएलगत्तै प्रचण्ड–नेपाल समुहकी नेतृ रामकुमारी झाँक्री रिहा भएकी छन् । पाँच घण्टाभन्दा केही बढि महानगरीय प्रहरी अपराध महाशाखामा रहेकी झाँक्रीले लिखित बयान दिएपछि रिहा भएकी हुन् ।

विघटित प्रतिनिधिसभामा समानुपातिकतर्फबाट सदस्य बनेकी झाँक्रीले राष्ट्रपतिप्रति आफ्नो सम्मान सधै रहेको लिखित वयान दिएपछि रिहा गरिएको प्रहरीले जानकारी दिएको छ । ‘संवैधानिक राष्ट्रपति प्रति मेरो हिजो पनि सम्मान थियो,आज पनि छ र भोलि पनि रहन्छ । मैले संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रताको हक उपभोग गरेको हो’, लिखित बयानमा भनिएको छ ।

सोधपुछका लागि बोलाउँदा नआएपछि घरमै गएर ल्याएको प्रहरीले उनलाई अदालती अभियोजन प्रक्रियामा लैजान नचाहेको स्रोतले जनाएको छ । झाँक्रीलाई पक्राउ गरिएकोमा राष्ट्रपति कार्यालयले अशन्तुष्टि जनाएको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?