Logo

सुनवर्षीमा पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर

                     
Logo 2021-02-11 05:02     Desk

13

रविन्द्र बराल/रंगेली, २९ माघ । मोरङको सुनवर्षी नगरपालिकामा एक दिने निशुल्क पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर आयोजना गरिएको छ । नगरपालिकाको पशुपंक्षी सेवा शाखाले पशुमा लाग्ने रोग निवारणका लागि एक दिने स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।

सुनवर्षी नगरपालिका–४ कुढेलीस्थित महेन्द्र आधारभूत विद्यालयमा बिहिबार शिविरको आयोजना गरिएको थियो । सोे शिविरमा १ सय ८४ घर धुरिका चौपायाको स्वास्थ्य परिक्षण गरि उपचार गरिएको थियो ।

शिविरमा नाम्ले, जुका, चर्चरे तथा भ्यागुते रोग लागेका पशु चौपायाको निःशुल्क उपचार गर्नुका साथै औषधी तथा भिटामिन समेत उपलव्ध गराइएको थियो । सो शिविरमा २ हजार २ सय बटा गाई, गाोरु, बाख्रालगायतका चौपायाको स्वास्थ्य परिक्षण र उपचार गरिएको पशुपंक्षी सेवा शाखा प्रमुुख अनिल झाले जानकारी दिए ।

उनले विभिन्न रोगका कारण चौपाया विरामी हुने भएकाले नगरपालिकाले प्रत्येक वडामा पशु स्वास्थ्य शिविर आयोजना गर्न थालिएको बताए ।


लोकप्रिय छुटाउनुभयो कि ?