Logo

बुटवलमा ओली समूहले निकाल्‍यो मोटरसाइकल र्‍याली

                     
Logo 2021-02-11 05:02     Desk

13

नेकपाको ‌ओली समूहले बुटवलमा मोटरसाइकल र्‍याली आयोजना गरेको छ । १ फागुनमा बुटवलमा आयोजना हुने सभालाई प्रचार गर्ने उद्देश्यले मोटरसाइकल र्‍याली आयोजना गरिएको नेकपा रूपन्देहीले जनाएको छ ।

बुटवलको चौराहबाट सुरु भएको र्‍याली मिलनचोक, बसपार्क, ट्राफिकचोक, अमरपथ हुँदै पुष्पलाल पार्कमा आएर कोणसभामा परिणत भएको थियो । र्‍यालीको लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपाको ओली समूहका लुम्बिनी ईन्चार्ज शंकर पोखरेलले उद्घाटन गरेका थिए । नेता महेश बस्नेतको नेतृत्वमा अनेरास्ववियू, युवा संघ एवं पार्टी कार्यकर्ताको र्‍यालीमा सहभागिता रहेको थियो ।

नेकपाले १ फागनमा बुटवलको सिद्धेश्वरी माविमा बृहत्‍सभा आयोजना गर्दै छ । उक्त सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।


लोकप्रिय छुटाउनुभयो कि ?