Logo

बालिकामाथि यौन दुव्र्यबहार गरेको आरोपमा विराटनगरका प्रधान पक्राउ

                     
Logo 2021-02-11 05:02     Desk

13

विराटनगर, २९ माघ । एक बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा विराटनगरबाट एक व्यक्ति पक्राउ परेका छन् । बुधबार साँझ एक बालिकालाई यौन दुव्र्यबहार गरेको आरोपमा प्रहरीले विराटनगर–२ का ज्ञानु प्रधानलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरिक्षक मानबहादुर राईले प्रधानलाई बाल यौन दुव्र्यवहारको आरोपमा पक्राउ गरिएको हाम्रो विराटनगरलाई जानकारी दिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रधान विराटनगरमा लामो समयदेखि घरजग्गा सम्बन्धी कारोबार गर्दै आएका व्यक्ति हुन् । उनी प्राइम लाइफ इन्सुरेन्सको समेत एजेन्ट रहेको खुलेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?