Logo

झाँक्रीको पक्राउविरुद्ध नेताहरूद्वारा चर्को आलोचना

                     
Logo 2021-02-11 02:02     Desk

13

नेकपा नेतृ रामकुमारी झाँक्रीको पक्राउविरुद्ध नेताहरूले चर्को आलोचना गरेका छन् । अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने प्रयासअन्तर्गत झाँक्री पक्राउ परेको नेताहरूले दाबी गरेका छन् । उनीहरूले सरकार निहित स्वार्थ पूर्तिका लागि देशलाई मुठभेडमा लैजान खोजेको पनि आरोप लगाएका छन् ।

काग्रेस नेता गगन थापाले ट्वीटमार्फत सरकारको अलोकतान्त्रिक कार्यशैली प्रश्न उठाउन नछोडिने दाबी गरेका छन् । प्रश्न उठाउनेमाथि सरकार झ्यालखानामा राखेर तर्साउन लागेको भन्दै ट्वीट थापाले सत्यको पक्षमा बोल्ने मुख त्रासले बन्द नहुने भनेका छन् ।

‘कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा अहिले राष्ट्रपति, सरकार झ्यालखानाको संख्या थप, किनकि सत्य को पक्षमा बोल्ने मुख तिमीले देखाएको त्रासले बन्द हुँदैन ।’

त्यस्तै, नेकपा नेता जनार्दन शर्माले रामकुमारी झाँक्री पक्राउले देशलाई मुठभेडतिर लैजाने षड्यन्त्र भएको बताएका छन् । नेता शर्माले ट्वीट गर्दै भनेका छन् 'रामकुमारी झाँक्रीलाई पक्राउ गर्ने कुरा नागरिक स्वतन्त्रताको हनन् मात्र होइन देशलाई मुठभेडमा लगेर आपनो निहित स्वार्थ पूर्ति गर्ने षड्यन्त्र हो ।’

नेता विष्णु रिजालले ट्वीटमा लेखेका छन्, ‘जुन मुद्दा लगाए पनि मञ्जुर छ: रामकुमारी झाँक्री प्रकरणबाट थप प्रस्ट भएको छ- विद्या भण्डारी राष्ट्रपति हुन सर्वथा अनुपयुक्त र अयोग्य पात्र हुन् । आलोचना गर्ने मुद्दा लगाउनु तानाशाही र निरंकुशताको पराकाष्टा हो ।’


लोकप्रिय छुटाउनुभयो कि ?