Logo

धरानको बीपी प्रतिष्ठानभित्र पार्किङ गरेको मोटरसाईकल चोरी गर्ने दुई जना ‘रंगेहात’ पक्राउ

                     
Logo 2021-02-11 10:02     Desk

13

विराटनगर, २९ माघ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको हाता भित्र पार्किङ गरि राखिएको मोटरसाईकल चोरी गर्ने दुई जनालाई प्रहरीले रङगेहात पक्राउ गरेको छ ।

प्रतिष्ठान हाताभित्र पार्किङ गरि राखिएको को ३५ प १२८९ नम्बरको मोटरसाईकल चोरी गरेर लाँदै गरेको भन्ने सूचना पाए संगै तत्काल अस्थायी प्रहरी पोष्ट घोपाबाट खटिएको प्रहरी टोलीले मोटरसाईकल चोरी गरी लाँदै गरेको अवस्थामा रामधुनी नगरपालिका–१ का १९ बर्षीय आकाश चौधरी र २० बर्षीय अम्बर चौधरीलाई पक्राउ गरेको हो । चोरी गरी लाँदै गरेको मोटरसाईकल सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?