Logo

सुनसरीको पकली चोकमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

                     
Logo 2021-02-11 10:02     Desk

13

विराटनगर, २९ माघ । सुनसरीको इटहरी उप–महानगरपालिका–१७ पकली चोकमा बुधवार दिउँसो ट्रकले मोटरसाईकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।

पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को ३८ प ५७५५ नम्बरको मोटरसाईकललाई बिपरीत दिशाबाट जाँदै को १ क ३४११ नम्बरको ट्रकले ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक उदयपुरको बेलका नगरपालिका–९ उदयपुरका ५४ बर्षीय राजेन्द्र साहको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट गम्भिर घाइते साहको सुनसरीको धरनस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी नायव उपरिक्षक विपिन रेग्मीले जानकारी दिए ।


लोकप्रिय छुटाउनुभयो कि ?