Logo

नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका उपाध्यक्ष काफ्ले सम्मानित

                     
Logo 2021-02-10 11:02     Desk

13

विराटनगर, २८ माघ । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका वरिष्ठ उपाध्यक्ष तथा सफल युवा उद्यमी गोपाल काफ्ले सम्मानित भएका छन् । समाजसेवीसमेत रहेका उपाध्यक्ष काफ्लेलाई कोरोना भाईरस संक्रमण रोकथाम तथा न्युनिकरणमा महत्वपूर्ण योगदान पुर्याएकाले सम्मान गरिएको हो ।

विराटनगरका सफल तथा उदाहरणीय युवा उद्यमी काफलेलाई महानगरपालिका वडा नं. ३ ले मंगलबार एक कार्यक्रमबाबिच सम्मान गरेको हो । काफ्लेले विराटनगरमा कोरोना माहामारी नियन्त्रणका लागि निशुल्क स्यानिटाईजर लगायत स्वास्थ्य सामाग्रीहरु निशुल्क वितरण र संक्रमित व्यक्तिको घर स्यानिटाइज गर्न सहयोग पुर्याएकाले सम्मान गरिएको हो ।

काफ्लेले महामारीको रूपमा फैलिएको कोभिड–१९ को बेला पनि जोखिम मोलेर कोरोना संक्रमित व्यक्तिहरुका घर घरमा सेनिटाइजर छर्किएर निर्मुलीकरण गराउनुका साथै कोरोना रोकथाम तथा नियन्त्रणका लागि महत्वपूर्ढा सहयोग गरेकाले वडा कार्यालयले सम्मान गरेको विराटनगर ३ का वडाअध्यक्ष विनोद कुमार बस्नेतले बताए । काफ्लेलाई वडाअध्यक्ष बस्नेतले कदरपत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मानित गरेका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?