Logo

कोरोना संक्रमितको संख्यामा १७ प्रतिशतले कमी : डब्लूएचओ

                     
Logo 2021-02-10 10:02     Desk

13

एजेन्सी, २८ माघ । कोरोना भाइरसबाट विश्वभरी संक्रमित भएकाहरूको संख्यामा १७ प्रतिशतले कमी आएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले दिएको जानकारीअनुसार पछिल्लो हप्ताको विवरणमा संक्रमितको संख्या घट्दै गएको देखिएको हो ।

पछिल्लो हप्तामा ३१ लाख नयाँ संक्रमित भेटिएको डब्लूएचओले जनाएको विवरण सीएनएनले सार्वजनिक गरेको छ । यो संख्या अघिल्लो हप्ताको तुलनामा १७ प्रतिशत कम भएको उनीहरूको भनाइ छ ।

झण्डै १५ हप्ताअघि गत अक्टोबरपछिको सबैभन्दा कम संक्रमित अहिले देखिएको तथ्यांकमा उल्लेख छ । अमेरिकी तथा युरोपेली मुलुकसँगै अफ्रिकी मुलुकमा पनि संक्रमितको संख्यामा कमी हुँदै गएको डब्लूएचओले जनाएको छ । त्यसैगरी पछिल्लो एक हप्तामा विश्वभरी ८८ हजारभन्दा बढीको मृत्यु भएको छ । यो संख्या पनि अघिल्लो हप्ताको तुलनामा १० प्रतिशत कम हो ।


लोकप्रिय छुटाउनुभयो कि ?