Logo

मोरङको केराबारीबाट तीनवटा ट्रकमा लोड गरेर ६७ वटा गोरु भारततर्फ लैजाँदै गर्दा पक्राउ

                     
Logo 2021-02-10 08:02     Desk

13

विराटनगर, २८ माघ । मोरङको केराबारीबाट तीनवटा ट्रकमा लोड गरेर भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले ६७ वटा गोरु मंगलबार नियन्त्रणमा लिएको छ । मंगलबा साँझ मोरङको केराबारी गाउँपालिका–५ स्थित सत्तिसालेबाट ना ६ ख ६१३२, ना ६ ख ९७३४ र ना ५ ख ७७५७ नम्बरका ट्रकमा लोड गरिएको अवस्थामा गोरु नियन्त्रणमा लिइएको हो ।

गोरु र ट्रक आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता लोकदर्शन थापाले जानकारी दिए ।

उनका अनुसार गोरु सिन्धुपाल्चोक घर भएका विश्व बस्नेतको भएको खुलेको छ । घटना अनुसार पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सुन्दरहरैँचाको बाँसबारी हुँदै ट्रकमा लोड गरिएका गोरु झापाको दमकतिर लगिँदै थियो । व्यवसाय गर्दाको पैसा बस्नेतले आफूहरुलाई नदिएकोभन्दै मोरङको केराबारी गाउँपालिका–८ का डोरबहादुर विक लगायतले राजमार्गबाट गोरु लोड गरिएको ट्रक रोकेका थिए । त्यसपछि केराबारी–५ सत्तिसाले पु¥याइएको ट्रकसहितका गोरु प्रहरीले नियन्त्रणमा लिएको हो ।


लोकप्रिय छुटाउनुभयो कि ?