Logo

झापाबाट लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

                     
Logo 2021-02-10 05:02     Desk

13

विराटनगर, २८ माघ । झापाको मेचीनगर नगरपालिका–६ काकरभिट्टाबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले स्थानीय ३३ बर्षीय शम्भु भण्डारी र २५ बर्षीय दिलिप लिम्बुलाई १ ग्राम लागुऔषध ब्राउनसुगर सहित मंगलवार राती साँढे ७ बजे पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?