Logo

सुनसरीमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

                     
Logo 2021-02-10 05:02     Desk

13

विराटनगर, २८ माघ । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ मा मंगलवार राती मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । राती साँढे ७ बजेको समयमा प्रदेश १–०२–०४३ प ८८२७ नम्बरको मोटरसाईकलले पैदल यात्री बराहक्षेत्र नगरपालिका–४ का ३९ बर्षीय महेन्द्र साहलाई ठक्कर दिंदा घाईते भएका साहको उपचारको क्रममा धरानको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?