Logo

दिनभर अस्थिर बनेको नेप्से अन्तिममा हरियाली छाउँदै बन्द

                     
Logo 2021-02-10 05:02     Desk

13

बुधबार कारोबार सुरु भएसँगै घटबढ हुँदै अस्थिर बनेको नेप्से अन्तिम समयमा भने बढेर बन्द भएको छ । हरियाली बनेको बजारमा शेयरबजार परिसूचक नेप्से ८ दशमलव ६६ अकंले बढेर २५४३ दशमलब ०३ अंकमा बन्द भएको हो ।

मंगलबार करेक्सन भएको बजारमा बुधबार पुनः हरियाली छाउँदा कारोबारमा आएका १ सय ९१ कम्पनीको १ करोड ४९ लाख ६ हजार ७७ कित्ता शेयर ७ अर्ब ६४ करोड ९४ लाख ११ हजार ३ सय ९८ रुपैयाँमा कारोबार हुन पुग्यो । मंगलबार २९.१ अंकले घटेर १० अर्ब रुपैयाँ बराबर कारोबार भएको थियो ।

बजारमा हरियाली छाउँदा बैंकिङ समूह १.५ प्रतिशत, होटल २.१४, विकास बैंक ०.०४, फाइनान्स ३.२७ र निर्जीवन बीमा समूहको ०.४७ प्रतिशतले सूचक बढको छ भने व्यापार समूहको ३.२१, जलविद्युतको ०.९८, उत्पादन तथा प्रसोधनको १.१५, अन्यको ०.३, माइक्रोफाइनान्सको १, जीवनबीमाको ०.६२ र म्युचुअल फन्डको ०.२३ प्रतिशतले सूचक घटेको छ ।

बजारमा सुधार आउँदा कारोबारमा आएका मध्ये ५८ कम्पनीको शेयरमूल्य बढेको छ भने ९५ कम्पनीको शेयरमूल्य घटेको छ । १० कम्पनीको भने शेयरमूल्य यथवात नै रह्यो ।

बढेको बजारमा फाइनान्स समूहको सूचकमा वृद्धि हुँदा एउटा कम्पनीको सकारात्मक सर्किट लागेको छ भने बाँकी दुई फाइनान्स कम्पनी सकारात्मक सर्किट नजिक पुगेका छन् । जसमा गोर्खा फाइनान्सको सकारात्मक सर्किट लाग्यो भने गुहेश्वरी मर्चेन्ट बैंक र आइसीएफसी फाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी प्रतिशतले बढेर सर्किटनजिक पुग्यो ।


लोकप्रिय छुटाउनुभयो कि ?