Logo

महेन्द्र कुमारीको परिवारमा बज्रपातः आर्थिक सहयोग गरि सिकिस्त पतिलाई बाचाईदिन आग्रह, सहयोगका लागि विराटनगरका अभिन्यान्ताहरुद्वारा अभियान सञ्चालन

                     
Logo 2021-02-10 03:02     Desk

13

विराटनगर, २८ माघ । आर्थिक अवस्था अत्यस्तै नाजुक रहेको मोरङको बुढीगंगा गाउँपालिका–१ खद्रा बसोबास गर्दै आएकी महेन्द्र कुमारी बास्तोलालाई अर्को बज्रपात परेको छ । १८ महिना अगाडि छोरो जन्मिएदेखिनै विराटनगरस्थित सुरक्षा अस्पताल लामो समयसम्म राखेर उपचार गराएकी बास्तोलालाई यतिबेला पतिसमेत सिकिस्त विरामी परेपछि अर्को बज्रपात परेको हो ।

गलत औषधीका कारण नावालक छोराको शारिरिक अवस्था कमजोर (अपाङ्गतावरण गरे) जस्तै रहेको छ । छोरो सुरक्षाको शैयामा छट्पटाईरहदा उनका बुवा ३२ वर्षीय युवराज उप्रेतीलाई सिकिस्तै बिरामी परेर वीर अस्पताल काठमाण्डौमा उपचारका लागि लगियो ।

आर्थिक विपन्नताका कारण २० दिनदेखि उप्रेतीको छरछिमेक र आफन्तहरुको सहयोगमा उपचार भइरहेको छ । फोक्सोमा पानी जमेर सिकिस्त रहेका उप्रेतीको उपचारका लागि सहयोग गरिदिन महेन्द्र कुमारीले आग्रह गरेकी छिन् । फोक्सोमा पानी जमेको र इन्फेक्सन भएकाले यथासिघ्र अपरेशन गर्नुपर्ने भएकाले आफ्ना पतिलाई बचाईदिन महेन्द्रकुमारीले सहयोगको याचना गरेकी हुन् ।

उनले पतिको अपरेसनका लागि करिब ५ लाख रुपैयाँ लाग्ने बताएकी छिन् । आफ्नो घरजग्गा समेत नभएको र भाइको घरमा बसेर जीवन चलाई रहेको उनले बताइन् । पति सिकिस्त विरामी परेपछि यतिबेला उनि १८ महिने छोरो काखीमा च्यापरेर आर्थिक सहयोग जुटाउन हिँडिरहेकी छिन् ।

आर्थिकरुपले वास्तोलाका श्रीमानको उपचारमा समस्या परेको देखेपछि उनलाई आर्थिक सहयोग जुटाउन सामाजिक अभियान्ताहरु लागि परेका छन् । परिवर्तनका लागि हातेमालो विराटनगरका अध्यक्ष विनोद चाहारको अगुवाईमा वास्तोलाका पतिको उपचारका लागि सहयोग अभियान थालिएको छ ।

उनले सो अभियानमा सहयोग गरि जिवन बचाउन सवैलाई आग्रह गरेका छन् । ‘विगतका दिनमा पनि यसरी समस्या परेको देखेंपछि विभिन्न माध्यमबाट सहयोग जुटाएर पीडित समक्ष पुर्याउन सफल भएका थियौँ । यो अभियानमा पनि सवैले सहयोग गरि कसैको जिवन बचाउन सहयोग गरिदिनुहुन हार्दिक आग्रह गदैर्छौँ ।’ चाहारले भने ।

सामाजिक अभियन्ता चाहारले आफ्नो दैनिक फाजुल खर्च कटौती गरि पिडितको जिवन बचाउन सहयोग गदिन अपिल गरेका छन् । ‘हामीले दैनिकरुपमा बर्थडे, एनिभर्सरी र विभिन्न कुरामा थुप्रै फजुल खर्च गरिरहेका हुन्छौँ ।’ उनले भने,‘त्यस्तो फजुल खर्चले कसैको जिवन बचाएर उनिहरुको परिवारमा खुशी ल्याउन सक्नु सवैभन्दा ठूलो मानवता हो । त्यसैले सकेको सहयोग गरिदिनुहुन र युवराज उप्रेती बचाउ अभियानमा हातेमालो गर्न सवैलाई हार्दिक आग्रह गर्दछौँ ।’

सहयोग गर्न चाहानु हुनेहरुले पिडित महेन्द्रकुमारीको मोबाइल नं. ९८०७०६७४५१ र परिवर्तनका लागि हातेमालो विराटनगरका अध्यक्ष विनोद चाहारको मोबाइल नं. ९८०२७९९५१० र ९८५२०८००९९ मा सम्पर्क गर्न सकिनेछ ।


लोकप्रिय छुटाउनुभयो कि ?