Logo

बालकृष्ण न्यौपानेकाे तर्कः पुनर्स्थापना भए पनि प्रधानमन्त्रीले नचाहँदासम्म प्रतिनिधिसभाले काम गर्न सक्दैन

                     
Logo 2021-02-10 03:02     Desk

13

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले संसद् पुनर्स्थापनापछि पनि राजनीतिक संकट साम्य नहुने तर्क गरेका छन् । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा प्रधानमन्त्री केपी ओलीका तर्फबाट बहस गरेका न्याैपानेले संसद् पुनर्स्थापना गरिए पनि प्रधानमन्त्रीले नचाहँदासम्म प्रतिनिधिसभाले काम गर्न नसक्ने बताएका हुन् ।

'संसद् पुनर्स्थापना गर्दा समस्या समाधान हुँदैन । एउटै पार्टी सडकमा दुईतिर नारा लगाइरहेका छ ।  एउटै पार्टीको सभामुख सरकारविरुद्ध रिट लिएर आउँछ', उनले भने, 'अब पुनर्स्थापना गर्दा प्रधानमन्त्रीले हाउस बोलाउनु भएन भने के हुन्छ ? श्रीमान्, यो संविधानले सबै कन्ट्रोल गर्ने अधिकार प्रधानमन्त्रीलाई दिएको छ । यसकारण पुनर्स्थापना गर्दा अझ बढी समस्या आउँछ ।'

.संविधानले कार्यकालअगावै प्रतिनिधिसभा विघटनको परिकल्पना गरेको उनकाे जिकिर छ । उनले प्रधानमन्त्रीलाई विघटन सिफारिसको संवैधानिक आधार रहेको बताए ।

सोमबार प्रधानमन्त्रीका तर्फबाट कानुन व्यवसायीहरू ईश्वरीप्रसाद भट्टराई, महेश नेपाल, चन्द्रप्रकाश रेग्मी, मुना लामिछाने, रविनारायण खनाल, अनन्तराज लुइँटेल, विष्णु भट्टराई, विष्णुमणि अधिकारी, लोकनाथ खरेल, मुकुन्द अधिकारी, शान्तिदेवी खनाललगायतले बहस गरेका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?