Logo

चुनावका लागि निर्वाचन आयोगले मागेको बजेटको प्रबन्ध भइसक्यो : अर्थमन्त्री पौडेल

                     
Logo 2021-02-09 07:02     Desk

13

Interview with Finance Minister and General Secretary of the ruling Nepal Communist Party (NCP) Bishnu Prasad Paudel, on Saturday, October 31, 2020. Photo: RSS

सरकारले आगामी वैशाखमा हुने चुनावका लागि आवश्यक पर्ने बजेटको प्रबन्ध गरेको छ । अर्थ मन्त्रालयमा मंगलबार बजेटको मध्यावधि समीक्षा गर्दै अर्थमन्त्री विष्णु पौडेलले निर्वाचनका लागि बजेटको स्रोत सुनिश्चित भएको बताएका हुन् । मध्यावधि निर्वाचनका लागि निर्वाचन आयोगले ७ अर्ब बजेट माग गरेको थियो ।

'निर्वाचनका लागि निर्वाचन आयोगले माग गरेकाे रकम सरकारले प्रबन्ध गरेको छ । आयोगले माग गरेका ७ अर्बको स्रोत सुनिश्चित गरियो,' मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले भने ।

५ पुसमा प्रधामन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेर आगामी १७ र २७ वैशाखामा चुनावको मिति तोकेकी थिइन् ।

सरकारले मध्यावधि बजेट समीक्षामार्फत १ खर्ब ३० अर्ब बजेट घटाएको हो । यो वर्ष १४ खर्ब ७४ अर्ब खर्च गर्ने योजनासहित सरकारले बजेट ल्याएको थियो । तर, मध्यावधि समीक्षामार्फत यसलाई घटाएर १३ खर्ब ४४ अर्ब मात्र खर्च हुने अनुमान अर्थ मन्त्रालयले गरेकाे हो ।


लोकप्रिय छुटाउनुभयो कि ?