Logo

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

                     
Logo 2021-02-09 07:02     Desk

13

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न मंगलबार निर्वाचन आयोगबाट सिधैँ शीतलनिवास पुगेका हुन् ।

उनीहरुबीच पछिल्लो राजनीतिक घटनाक्रम, १७ र २७ वैशाखका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन लगायतका विषयमा कुराकानी भएको शीतलनिवास स्रोतले जनाएको छ ।

यसअघि सरकारले सोमबारमात्रै पहिलो चरणमा १७ वैशाखमा प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ४० जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको थियो भने दोस्रो चरणमा २७ वैशाखमा दोस्रो चरणमा कर्णाली, बागमती र प्रदेश १ का ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको थियो । यी विषयमा पनि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई जानकारी गराएको स्रोतले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?